बर्दियाको प्रहरी चौकी कालिकामा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्।
पाल्पा रम्भा गाउँपालिका-३ का २५ वर्षीय प्रहरी जवान कोशलबहादुर खाम्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
उनी बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका चौकी परिसरको अम्बाको रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरी जावन खम्चा दुई महिनादेखि सो चौकीमा कार्यरत थिए।
उनले आत्महत्या गर्नुको कारण पत्ता लागिनसकेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। यससम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।