उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा आज आइसोलेसन केन्द्र उद्घाटन गरेका छन्।
यो आइसोलेसन केन्द्र कोरोना संक्रमितका लागि हो।
मारवाडी सेवा समितिले नेपाल-भारतमैत्री अस्पतालसँगको सहकार्यमा नि:शुल्क आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो।
यस केन्द्रमा चिकित्सकको निगरानीमा उपचार तथा खानालगायत नि:शुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलास गोयलले बताए।
यहाँ ३ सय शय्यासम्म सञ्चालन गर्न सकिने उनले बताए।
यो केन्द्रलाई पूर्ण रूपमा सञ्चालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उपप्रधानमन्त्री पोखरेल बताउँछन्।