सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा दुई जना विदेशी नागरिकको हिउँमा चिप्लिएर मृत्यु भएको छ।
बिहीबार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरिकी नागरिक ३४ वर्षीय पुवेइलियू र स्वीट्जरल्याण्डका ४१ वर्षीय अब्दुल्वाहिड आवारिचको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
उनीहरू दुबैको सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए।
उनीहरू दुबै आरोहणका क्रममा हिउँमा चिप्लिएका थिए। दुबै मृतक विदेशी नागरिकको शव उद्धार गर्न पहल भइरहेको कटवालले जानकारी दिए।