काठमाडौं उपत्यकामा ३ हजार ५६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै थप ३ हजार ५६२ संक्रमित थपिएका हुन्।
त्यसमध्ये काठमाडौं जिल्लामा २७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा नेपालभर २० हजार २४५ जनाको कोरोना परीक्षण गरिएको थियो। १९ हजार ४७४ जनाको पिसिआर र ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
सो परीक्षणबाट नेपालभर बिहीबार थप ८ हजार ९६० संक्रमित थपिएका हुन्। अहिले काठमाडौं उपत्यकाकामा मात्रै ४२ हजार बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्।
मन्त्रालयले बिहीबार दिएको विवरण अनुसार अहिले ४२ हजार ६६६ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन्।जसमध्ये काठमाडौंमा मात्रै ३१ हजार ७३ जना, भक्तपुरमा ४ हजार ७५३ र ललितपुरमा ६ हजार ८४० जना छन्।
पछिल्लो २४ घण्टामा नेपालभर कोरोना भाइरस संक्रमणबाट ५ हजार ५५ जना निको भएका छन्। त्यस्तै २ सय १४ जनाको मृत्यु भएको हो।