झापामा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार बिहान पौने १२ बजे कन्काई नगरपालिका-३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
पश्चिमबाट पूर्व जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका-७ की ७१ वर्षीया कमला माया कामीलाई ठक्कर दिएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ।
ठक्करबाट कामीको घटनास्थलमा मृत्यु भएको थियो।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।