कोरोनाका बिरामीको चाप बढेपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले अस्पतालमा बिरामी ल्याउनुअघि अस्पताललाई फोन गरेर बेड भए/नभएको निश्चित गरी ल्याउन भनेको छ ।
अस्पतालको क्षमताभन्दा धेरै बिरामी भएकोले यस्तो आग्रह गरिएको हो। मंगलबार सूचना जारी गर्दै कार्यालयले अक्सिजनको अभाव, रिफिल गर्नुपर्ने सास्ती जस्ता कारण देखाएर फोन गरेर मात्र बिरामी ल्याउनू भनेको हो ।
‘कोभिड–१९ का बिरामीको अत्याधिक चाप बढेर १६ वटा बेडमा मात्र नियमित अक्सिजन सप्लाई गर्न सक्ने अवस्थामा ३६ जना बिरामी राखेर उपचार भईरहेको छ। अस्पतालमा सिमित अक्सिजन सिलिन्डर भएकार रिफिल गर्न नेपालगञ्ज जानुपर्ने र समयमा रिफिल नहुने समस्या भएकाले अस्पताल भर्ना गर्नुपर्ने बिरामीलाई फोन सम्पर्क गरेर मात्र ल्याउनुहोला,’ कार्यालयले जारी गरेको सूचनामा भएिको छ ।