उद्योग तथा कारखानामा लुकाएर राखिएको ७ सय अक्सिजन सिलिन्डर प्रदेश २ प्रहरीले बरामद गरेको छ।
कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको समयमा स्टोर गरी राखेको अवस्थामा सिलिन्डर बरामद गरिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।
स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, काखाना, कवाडी, ग्यास वेल्डिङ्ग, पसल तथा गोदामहरुमा स्टक गरी राखिएको अक्सिजन भरिएको १ सय ३२ वटा सिलिन्डर र ५ सय ६८ वटा खाली सिलिण्डर गरी ७ सय वटा सिलिन्डर बरामद गरिएको प्रदेश २ प्रहरीका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए।
बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषाबाट सबै सिलिन्डर बरामद गरिएको हो। बरामद गरिएको सिलिन्डर अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारीक डिस्ट्रिब्युटरहरुलाई बुझाइएको प्रदेश प्रहरीले जनाएको छ ।