मुलुकभरीका अदालतमा २२ न्यायाधीशलाई कोरोना संक्रमण भएको छ।
सर्वोच्च अदालतलका अनुसार विभिन्न अदालतमा २२ न्यायाधीश र १ सय ३९ कर्मचारीलाई कोरोना संक्रमण भएको हो।
सर्वोच्चले बुधवार जारी गरेको विज्ञप्ति अनुसार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सबभन्दा बढी कोरोना संक्रमित भएका छन्। त्यहाँ ४ न्यायाधीश र १५ कर्मचारीलाई कोरोना संक्रमण भएको छ।
त्यसपछि जिल्ला अदालत काठमाडौंका ४ न्यायाधीश र १२ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा २ न्यायाधीश र १३ कर्मचारी संक्रमित भएका छन्।
सर्वोच्च अदालतका सात कर्मचारी संक्रमित भएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै उच्च अदालत विराटनगरका एक, नेपालगञ्जका एक र महेन्द्रनगरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएको छ।
यसरी मुलुकभरीका अदालतबाट न्यायाधीश र कर्मचारी गरी १ सय ६१ जना संक्रमित भएको सर्वोच्च अदालतले जनाएको छ।
सरकारले लकडाउन गरेपछि सर्वोच्च अदालतको पूर्ण वैठकले पनि देशभरीका अदालतमा भैरहेका कामकारबाही र दिँदै आएका सेवामा संकुचन गरेको थियो। अहिले अदालतले बन्दीप्रत्येक्षीकरण र कोरोना सम्बन्धी निवेदनमात्र सुनुवाई गर्छन्।
सुरक्षा सम्बन्धी मापदण्ड र उच्च सुरक्षा अपनाउँदा अपनाउँदै संक्रमण भएको सर्वोच्चले जनाएको छ।