भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि धनुषासँग जोडिएका नेपाल-भारतका सबै सीमानाका बन्द गरिएको छ।
कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि धनुषाका सबै सीमानाका सिल गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।
धनुषासँग जोडिएका जटही, इनर्वा, खजुरी सहितका सबै नाका बन्द गरी आवतजावतमा पूर्णरूपमा रोक लगाइएको उनले बताए।
सीमा सिल भएसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेर निगरानी बढाइएको छ।