रुपन्दहीमा मंगलबार ७ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ सय २२ जना कोरोना संक्रमण मुक्त हुँदा थपिने संक्रमितको संख्या भने ७ सय ९७ पुगेको हो।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मंगलबार बुटवल उपमहानगरपालिकामा ३ सय ३२ जना संक्रमीि थपिएका छन्।
त्यस्तै, तिलोत्तमा नगरपालिकाका १ सय ५८, सिद्धार्थनगर नगरपालिकाका १ सय ८, सुद्धोधन गाउँपालिकामा ५७ जना संक्रमित थपिएका छन्।
देवदहमा ४२, सैनामैनामा ३५, ओमसतियामा २२, रोहिणीमा १९, कञ्चनमा ६ जना, मायादेविमा ५ र गैंडहवामा ३ जना संक्रमित भेटिएका छन्।
यसैगरी, मर्चवारी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका १/१ जना संक्रमित थप भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
कुल ४ हजार ६ सय ७६ जना सक्रिय संक्रमित रहेको रुपन्देहीमा सिकिस्त अवस्थाका १ सय ५७ जना विभिन्न अस्पताल र ४ हजार ५ सय १९ जना होम आइसोलेसनमा उपचाररत् रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
हालसम्म जिल्लामा ९ हजार ८ सय ७० जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।