अक्सिजन सिलिण्डर भारत तस्करी गरेको आरोपमा तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ७ का ३६ वर्षीय जमरुद्दिन राइन, वडा नं. २ का ५० वर्षीय दिनेशकुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ का विपिन चौधरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
प्रहरीको गस्ती टोलीले आइतबार राति करिब पौने ११ बजे महोत्तरीको जलेश्वर नगरपालिका-३ स्थित नेपालबाट भारत तर्फ लैजाने प्रयोजनको लागि राखेको ३ थान भरिएको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको थियो।
त्यस्तै, सोमबार जलेश्वर नगरपालिका वडा नं. १२ थरुवाही स्थित लुकाइछिपाइ नेपालबाट भारततर्फ स्कार्पियोमा ७-७ केजीको दुई थान भरिएको अक्सिजन सिलिण्डर बरामद गरिएको प्रवक्ता विष्टले बताए।
पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए।