झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ।
विद्युत सर्ट भएर सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
भद्रपुर नगरपालिकाका, मेचीनगर नगरपालिका, विर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
आगो नियन्त्रणमा आएपछि घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले बताएको छ।