छाती दुख्ने धेरै कारण हुन्छन्। बाहिर छालादेखि भित्र फोक्सोसम्मको समस्याले छाती दुख्छ।
कसैलाई चोटपटक लाग्यो, भारी काम भयो, हड्डीको समस्या अनि मांसपेशी तानिएर तथा जनै खटिरा आउँदा पनि छाती दुख्छ।
छातीमा संक्रमण भएमा, ट्युमर पलाएमा र मुटुको समस्याले समेत छाती दुख्छ। ग्याष्ट्रिक भएमा छाती पोल्ने र दुख्ने दुवै हुन्छ।
फोक्सोको दायाँ भागमा समस्या भएमा, हड्डी दुखेमा र मांसपेशी तन्किएमा दायाँ छाती दुख्छ। मानसिक समस्या भएमा धेरै एकैपटक धेरै समस्या देखिन्छ। त्यो मध्ये छाती दुख्नु पनि एउटा लक्ष्यण हो।
खानपिनको समस्याले ग्याष्ट्रिक हुन्छ त्यो बेलामा छाती दुख्छ।
छाती के कारणले दुखेको भन्ने पत्ता लगाएर यसको उपचार गराउनुपर्छ। रोग र बिरामीको अवस्था अनुसार यसको उपचार हुन्छ।
छातीको समस्या र यसको उपचारबारे हामीले ओम अस्पतालमा कार्यरत छाती तथा सघन उपचार विशेषज्ञ डा दिपा श्रेष्ठसँग भिडीओ कुराकानी गरेका छौ। हेर्नुहोस् भिडिओ