जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।
थुनामा रहेका ६४ जनाको स्वाब आइतबार संकलन गरी मंगलबार परीक्षण गर्दा २० जनामा संंक्रमण पुष्टि भएको हो।
कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चौधरीले संक्रमण देखिएकाहरूलाई थुनुवा कोठामै छुट्टै राखिएको बताए।
‘उनीहरूलाई थुनुवा कक्षमै अरूसँग भेट नहुने गरी अलग राखेका छौं,’ उनले भने ।