नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाइएको छ।
अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै वैशाख १५ गते बुधबार मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान नपाइने जनाएको हो।
विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै यो निर्णय गरेको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानकारी दिए।
'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्नर विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न वैशाख १५ गते २४:०० बजेबाट लागू हुनेगरी रोक लगाइएको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ।
नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक बमोजिम नै नियमित रहने जनाएको छ।