जिल्लाका १५ वटै स्थानीय तहमा न्यूनतम १ सय बेड क्षमताका क्वारेन्टिन र ५० वेड क्षमताका अक्सिजनसहितको आइसोलशन वार्ड बन्ने भएको छ। सोमवार भद्रपुरमा सम्पन्न डिसिसिएमसीको बैठकले सो निर्णय गरेको हो।
झापामा कोभिड संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि डिसिसिएमसीले १८ बुँदे निर्णय गरेको छ। बैठकले जिल्लाका सबै शैक्षिक संस्था, तालिम केन्द्र, ट्युसन सेन्टरहरुमा विधार्थीको भौतिक उपस्थिति नगराई वैकल्पिक सिकाई अवलम्बन गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए।
काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने यात्रुहरुका लागि १ हजार क्षमताको होल्डिङ सेन्टरको स्तारोन्नति गर्ने र कलवलगुरीस्थित प्रदेश प्रशिक्षण केन्दमा थप ५ सय क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरिएको छ।
बैठकले कोभिड नियन्त्रण र सुरक्षा सतर्कताका लागि आवश्यक प्रचार प्रसार गर्ने, सीमा नाकामा थप सुरक्षा व्यवस्था कडाई गर्ने, अत्यावश्यक काम विना नेपाल भारत आवतजावत बन्द गर्ने, शव व्यवस्थापन सेनाले गर्ने र त्यसका लागि आवश्यक उपकरण र एम्बुलेन्स सम्बन्धित स्थानीय तहले व्यवस्था गर्ने, संक्रमितको उपचार गर्न जिल्ला बारिह पठाउनु पर्ने भए एम्बुलेन्सको आवश्यक व्यवस्था सम्बन्धित पालिकाले गर्ने र त्यसका लागि जिल्ला प्रहरी, इलाका प्रहरी कार्यलय अनारमनीमा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, राजनीतिक दलहरुलाई आमसभा, भीडभाड हुने कार्यक्रम नगर्न अपील गर्ने र उपचारका लागि जिल्ला बाहिर पठाउनु परेमा स्वास्थ्य कार्याल्यसँग समन्वय गर्नुपर्ने निर्णय गरेको छ।