बाँकेमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ।
मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका वडा नं. ५ की ४५ वर्षीया महिलाको सोमबार बिहान ७ बजेतिर मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज वलीले संक्रमण पुष्टि भएपछि ती महिला वैशाख १२ गते अस्पताल भर्ना भएको जानकारी दिए।
योसँगै बाँके जिल्लामा हालसम्म संक्रमित ८७ जनाको मृत्यु भएको छ।