कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि झापामा स्थानीय प्रशासनले सिमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको छ।
बढ्दो जोखिमको अवस्थालाई ध्यानमा राखेर सिमावर्ती नाकामा सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको हो।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले संक्रमणको जोखिम बढ्दै गएकाले सिमावर्ती आवतजावतमा शनिबारदेखि थप कडाइ गरिएको बताए।
सिमावर्ती क्षेत्रमा स्थानीय प्रशासनले भारतीय नागरिकको आगमनमा थप कडाइ गरेको छ।
झापाको काँकडभिट्टा, भद्रपुर, केचना, गौरीगञ्ज, कुन्जीबारी, झापबजार,लगायतका सीमावर्ती नाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।
बिना चेकजाँच भइरहेको आगमनलाई रोक्न सुरक्षाकर्मीले कडाइ गर्न थालिएको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए।