कैलालीमा एकै विद्यालययका चार जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।
कैलारी गाउँपालिकाको पवेरामा रहेको जनकल्याण माध्यमिक विद्यालयका ८ जना विद्यार्थीमा गरिएको परिक्षणमा १६, १५ र ९ वर्षका विद्यार्थीमा संक्रमण देखिएको हो।
गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेब बीरेन्द्र सापकोटाले एन्टीजेन विधिबाट परीक्षण गर्दा कक्षा १० मा पढ्ने २ जना, ९ मा पढ्ने १ जना र कक्षा नखुलेका एक विद्यार्थी संक्रमित पाइएको बताए।
कैलारीमा आइतबारदेखि बैशाख १८ गतेसम्मका लागि स्कुल बन्द गर्ने निर्णय गरिएको छ। अहेब सापकोटाले विद्यालय बन्द गर्न सूचना निकालिएको बताए।
संक्रमित पाइएका विद्यार्थीहरु अहिले होम आइसोलेसनमै छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सोमबारबाट सुरु हुने छ ।