सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ।
गत शनिबार सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका सायल गाउँपालिका–४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले बताए।
उनकाअनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका–४ रातमाटी नजीकको सेती नदीमा फेला परेको हो।
नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो।