पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहलाई कोरोना संक्रमण देखिएको छ।
भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केका दुबै जनामा कोरोना संक्रमण देखिएको हो।
पूर्वराजाको सचिवालयले दुबैमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
नेपाल फर्केपछि दुबैको पिसिआर परीक्षण गरिएको थियो। मंगलबार पिसिआर रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको सहयोगी फणिराज पाठकले बताए।
दुबै जना अहिले निर्मल निवासको सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पाठकले बताए।