धनगढीमा वैशाख १५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको छ।
जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गरेको उपप्रमुख सुशीला मिश्र भट्टले जानकारी दिइन्।
उनले सामुदायिक र निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ-संगठनका प्रतिनिधिसँग सुझाव संकलन गरेपछि वैशाख १५ गतेसम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरिएको बताइन्।