नक्कली पिसिआर रिपोर्ट दिएको आरोपमा प्रहरीले काठमाडौंको सिनामंगलस्थित *सुरिया ल्याबमा छापा मारेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले कोरोना भाइरसको नक्कली पिसिआर रिपोर्ट दिएको खबरपछि मंगलबार छापा मारेको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुँवेर खापुङले जानकारी दिए।
'पैसा भएपछि रिपोर्ट निस्किने रहेछ। स्वाब नै नदिएका व्यक्तिहरूको पनि रिपोर्ट निकाल्ने गरेको भन्ने सुराक पाएका थियौं,' एसएसपी खापुङले भने,'अहिले हाम्रो टोली त्यहीँ छ।'
महाशाखाको टोलीले अहिले थप अनुसन्धान गरिरहेको बताएको छ।
*सच्याइएको