बैतडीमा हथौडाले प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दोगडाकेदार गाउँपालिका-३ सिलेगाडा बस्ने २२ वर्षीय नारायाण भुलले कलौन बस्ने १५ वर्षीय महेश भुलको टाउकोमा हथौडा प्रहार गरेको आरोप लागेको छ।
घटना शनिबार मध्यान्ह १२ बजेतिरको हो। मृतकको टाउकोमा चोट छ।
घटनाबारे टेलिफोनबाट सूचना प्राप्त भएपछि खोंचलेक प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए।