धनगढीकाे सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएको छ।
कञ्चनपुरकाे बेदकाेट नगरपालिका –१० का ८८ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
उनी शुक्रबार अस्पतालमा भर्ना भएदेखि भेन्टिलेटरमा उपचारत थिए। एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनकाे मृत्यु भएको सूचना अधिकार श्रेष्ठले बताए।