काठमाडौं गोंगबुको एक टहरामा आगलागी भएको छ। आइतबार दिउँसो पौने चार बजेतिर आगलागी भएको हो।
आगलागी अहिले नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) रोशन खड्काले जानकारी दिए।
'गोंगबु क्षेत्रको एक टहरामा आगलागी भएको हो। अहिले नियन्त्रणमा आइसकेको छ,' उनले भने।
आगलागी रौतहट घर हुने सञ्जय नारायण यादव बस्ने टहरामा आगलागी भएको डिएसपी खड्काले बताए।
खड्काका अनुसार आगलागी बिजुली सर्ट भई सुरू भएको थियो।
दमकलको सहायताले आगलागीलाई नियन्त्रणमा लिइएको छ। क्षति विवरण अहिले खुलिसकेको छैन।