काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।
आइतबार बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए।
बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट आगलागी सुरू भएको उनले बताए।
'कसरी सुरू भएको भन्ने थाहा भएन। आगलागी भएको खबर आएपछि प्रहरी र हाम्रो टोली खटिएको छ,' उनले भने,' दुई घन्टा बढीदेखि आगलागी भएको हो। ठूलो छ। हावाहुरीका कारण आगलागी थप बढेको हो।'
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी आगलागी नियन्त्रण गर्न लागि परेको उनले बताए।
तीन वटा दमकलले आगलागी नियन्त्रण गर्न लागेको छ। करिब दुई सय जना जति खटिएका छन्।
आगलागीको विस्तृत विवरण आउन बाँकी छ।