मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ।
स्थानीय वायु र पश्चिमी वायुको प्रभावको कारण आज देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना बढेको हो।
महाशाखाका अनुसार आज बेलुकी काठमाडौं उपत्यकाका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्नेछ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया: सफा रहने छ।
यस्तो छ तीन दिनको पूर्वानुमान
चैत्र २८ गते (शनिबार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
चैत्र २९ गते (आइतवार)
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
चैत्र ३० गते (सोमवार)
दिउँसो: सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।