काठमाडौंमा रहेर आपराधिक गतिविधि र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले नुवाकोटका एक युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-३ घर भई काठमाडौं मनमैजु बस्ने ३७ वर्षीय सीताराम पुलामी मगर छन्।
उनलाई परिसरले शुक्रबार पक्राउ गरी हिरासत लिइएको परिसर प्रवक्ता रमेशकुमार बस्नेतले बताए।
उनी टिकाराम र राम पुलामी बताउँदै गुण्डागर्दीमा संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मनमैजु चोकमा उनी बर्गर हाउस र नुवाकोटमा निर्माण सेवा कम्पनी सञ्चालन गर्दै आइरहेका थिए।
निर्माण सेवामा समेत रहेर ठेक्कापट्टामा धम्क्याउने जस्ता कार्य गरेको परिसरको भनाइ छ। उनीविरूद्ध नुवाकोटमा विभिन्न शीर्षकमा ६ वटा दर्ता छन्। जसमध्ये दुई वटा मुद्दाको अनुसन्धान भइरहेको परिसरले जनाएको छ।