झापामा एक जना पुरूषको शव फेला परेको छ।
बुधबार बिहान सवा आठ बजे विर्तामोड नगरपालिका-५ सुगम पेट्रोल पम्प छेउ नजिकैको झाडीमा एक पुरूषको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-५ मातामन्दिर छेउ बस्ने ५० वर्षीय गौतम परियार छन्।
उनी उत्तानो परेको अवस्थामा मृत फेला परेका थिए। स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय अनारमनीलाई खबर गरेको थियो। मृतकको शरीरमा घाउ चोट नदेखिएको डिएसपी थापाले बताए।
उनी मापसे गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ। प्रहरीले मुचुल्का सकाएर पौने १२ बजे शव पोष्टमार्टमको लागि धरान पठाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।