काठमाडौं महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरेलविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले निर्माण कार्य सम्पन्न गरेपछि बिल भुक्तानी दिएबापत घुस माग गरेको भन्ने सूचना पाएको थियो। त्यही सूचनाको आधारमा अख्तियार टंगालको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
अनुसन्धानको क्रममा वडा सचिव भरतकुमार पोखरेलले सेवाग्राहीलाई नियमानुसार पाउने रकमको भुक्तानी नगरी चार लाख लिएको पुष्टि भएको रिसालले बताए।
त्यसअनुसार बिगो चार लाख कायम गरी कैद सजायको मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।