दाङको घोराहीदेखि लमहीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ पौने ६ बजे घोराही उपमहानगरपालिका-३ मसोतमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
लु १ ख ९८६३ नम्बरको बसको ब्रेक फेला भई दुर्घटना हुँदा दुई जना पुरूषको मृत्यु भएको डिएसपी रिजालले बताए। मृतकको सनाखत भइसकेको छैन।
दुर्घटनामा परी बसमा सवार २९ जना घाइते समेत भएका छन्।
उनीहरूको प्रहरीले उद्दार गरिरहेको छ। उपचारको लागि घोराही र लमहीतर्फ लगिएको डिएसपी रिजालले जानकारी दिए।