पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान पौने ६ बजे जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको कार अनियन्त्रित भई रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा १० च २८६४ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटना हुँदा मृत्यु हुने काठमाडौंको तीनकुने बस्ने २० वर्षीय दितम गुभाजु छन्।
उनलाई ट्रमा सेन्टरमा लगिएको थियो। चिकित्सकले बिहान ७:१७ बजे मृत घोषणा गरेको महाशाखाले जनाएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।