काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान साढे नौ बजे मूलपानीस्थित घर निर्माण गर्न खन्दै गरेको जगमा माटोको ढिस्कोले पुर्दा एक मजदूरको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए।
मृत्यु हुनेमा दोलखा घर भई मूलपानी डेरा गरी बस्ने २० वर्षीय इन्द्र श्रेष्ठ छन्।
त्यस्तै, उदयपुर घर भई मूलपानी ३५ वर्षीय धनबहादुर मगरको टाउकोमा चोट लागेको डिएसपी विष्टले बताए।
'घाइतेको उपचारको लागि अस्पताल लगिएको थियो। अहिले डिस्चार्ज भइसकेको हुनुपर्छ,' उनले भने।