कञ्चनपुरकी एक महिला भारतमा मृत फेला परेकी छन्।
बेलौरी नगरपालिका-४ रिछाहाकी २४ वर्षीया भागरती रानाको भारतको उत्तरप्रदेश जिल्ला लखिमपुर सम्पूर्णा नगरमा शव फेला परेको प्रहरीले जनाएको छ।
उनी चैत ६ गते घरबाट सोही ठाउँका अन्दाजी ३० वर्षीय विक्रम कुमारसँग भागेकी खुल्न आएको प्रहरीले जनाएको छ।
घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी चैत ८ गते परिवारले प्रहरीकहाँ निवेदन दर्ता गराएको थियो।
सोहीअनुसार भारतीय प्रहरीसँग समन्वय गरेर बुझ्दा १० गते उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए।
मृतकको शव नेपाल ल्याइसकेको छ। उनको मृत्युबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी थापा क्षेत्रीले जानकारी दिए।