भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ।
बान्निगढी जयगढ गाउँपालिका- ६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार उनी घरबाट विद्यालय जाँदै गर्दा भीर बाटो भन्ने ठाउँबाट करिब १ सय ५० मिटर तल खसेकी थिइन्।
गम्भीर घाइते भएकी उनलाई अस्पताल लैजाने तयारी गर्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।