हामी दम भन्नासाथ श्वास फेर्न गाह्रो भनेर बुझ्छौं। दम भन्नाले एउटै रोग भन्ने जनाउँदैन। दम धेरै किसिमका हुन्छन्। दम भन्ने एउटा टर्मले एउटै रोग भन्ने मात्रै जनाउँदैन। दम भन्नासाथ ठिक हुँदैन दिर्घकालिन रोग भन्ने चलन छ। तर, त्यो त्यस्तो होइन। सही उपचार गरेमा निको हुन्छ।
'ब्रोङकेल आज्मा' बढाउने चिजबाट जोगिन सक्यौं भने त्यो दमबाट बच्न सकिन्छ। सिओपीडी चुल्होमा खाना पकाउनेलाई हुन्छ। एउटा चुल्होमा २ घण्टा बिताउनु भनेको २० ओटा चुरोट खाए सरह हो। त्यसैले यसको विकल्प खोज्नुपर्छ।
बंशाणुगत दम पनि हुन्छ। यो धेरैजसो सानो उमेरमा देखिन्छ। ढुंगा कुट्ने, कार्पेट बिच्छ्याउनेलाई पनि दम हुने खतरा हुन्छ।
दमको उपचारका बिधी धेरै छन्। विशेष गरेर मुखबाट लिने इनेलसबाट यसको उपचार गरिन्छ। इनेलस लिँदा खुम्चिएको श्वासको नलिलाई ठूलो बनाउन सहयोग गर्छ। इनेलस एकपटक लिँदैमा सधै लिनुपर्छ भन्ने छैन।
यसको उपचार यसको स्टेजका आधारमा गरिन्छ। यसको विरूद्धमा खोपसमेत दिन सकिन्छ।
दमलाई लापरवाही गर्यो भने पक्षघात हुने, मुटुको रोग हुने खतरा रहन्छ।
दमको रोग लाग्नै नदिन चुरोट खान हुँदैन। चुल्होमा खाना नपकाएमा ३० देखि ४० प्रतिशत दम घटाउन सकिन्छ। तर वंशाणुगत कारणले हुने दमलाई भने घटाउन सकिँदैन। यसको उपचार गर्नैपर्छ।
धुँवा धुलोले गर्दा पनि दम हुने खतरा बढी हुन्छ। घरभित्र चुरोट नखाने अगरबत्ती नबाल्ने गर्दा पनि केही मात्रामा बच्न सकिन्छ।
केएमसी शिक्षण अस्पतालमा कार्यरत छाती रोग र सघन कक्ष विशेषज्ञ प्र.डा. सुवोध सागर ढकालसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।