काठमाडौँ महानगरपालिकाले दोस्रो चरण अन्तर्रगत पहिलो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका हजार भन्दा बढीले कोभिडविरुद्धको खोप लगाएका छन्।
महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार
महानगरभित्र दोस्रो प्राथमिकतामा परेका ४८ हजार भन्दा बढीले खोप लगाएका छन्।
फागुन २३ बाट शुरू अभियानमा महानगरपालिकाका ३२ वटै वडाका १४ केन्द्रबाट ४८ हजार ६८ जनाले खोप लगाएका हुन्। जसमध्ये २५ हजार ३ सय २५ जना पुरूष र २२ हजार ७ सय ४३ जना महिला छन्।