प्रहरीले बैंकिङ कसूरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
उच्च अदालत पाटनले माघ २ गते ९ लाख ५० हजार जरिवाना र तीन दिन कैद सजाय सुनाएका व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ जितपुर फेदी घर भई काठमाडौं बस्ने ५७ वर्षीय विजयकुमार श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो।
उनलाई सिआइबीको टोलीले काभ्रेस्थलीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
विजयकुमारले असार १५ गते आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै पनि कुमारी बैंकको चेक काटेर सविता वैद्यलाई दिएका थिए।
सो कसूर ठहर भएपछि उच्च अदालतले उनलाई सजाय सुनाएको हो।