रामेछाप प्रहरीले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
मन्थली नगरपालिका-२ टेकनपुरका अर्जुन श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले जानकारी दिए।
उनलाई रामेछाप जिल्ला अदालतले २०७५ असार ४ गते जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा २ वर्ष ६ महिना कैद सजाय दिएको थियो।
फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी शुक्रबार जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको डिएसपी ढुङ्गानाले बताए।