पशुपति मन्दिर परिसरमा शिवरात्रीको चहलपहल बढेको छ।
हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको एक शिवरात्री यस वर्ष भोलि बिहीबार परेको छ।
यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरू पशुपति मन्दिर परिसरमा आइसकेका छन्। केही बेलुकासम्म आउने छन्। हिन्दुहरूका आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने गर्दछन्।
यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ।
शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ।
पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरी शिवरात्रीको तयारी पूरा भएको बताएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ।
यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्री जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
तस्बिरहरू: