पर्सामा हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका-६ स्थित जय माँ अम्बे ट्रेडर्समा कार्यरत कर्मचारीलाई प्रहरीले मंगलबार ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँसहित पक्राउ गरेको हो।
बारा कलैया उपमहानगरपालिका-२३ का ३८ वर्षीय जयराम राउत कुर्मी छन्।
उनीबाट ७ हजार ४ सय भारतीय रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उनीबाट प्रहरीले बब्लु राजको नाममा जारी भएको दुई लाख र रामप्रसाद पटेलको नामको ५ लाख ६० हजार रुपैयाँ बराबरको चेक पनि बरामद गरेको छ।
उनीमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।
उक्त ट्रेडर्सका सञ्चालक भने फरार छन्।