स्कूटरबाट ब्राउन सुगर बरामद भएपछि पक्राउ परेकी तुलसा पोखरेलमाथि अनुसन्धानका लागि स्थानीय प्रशासनले ७ दिनको म्याद थप गरेको छ ।
४२ वर्षीया पोखरेलाई प्रहरीले आइतबार दिउँसो उनकै घरबाट उनैले प्रयोग गर्ने स्कूटरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको थियो।
प्रहरीले गोप्य सूचनाका आधारमा तुलसीपुर ५ स्थित घरमा राखेको उनको स्कुटरबाट ब्राउन सुगर बरामद गरेपछि उनलाई पनि नियन्त्रणमा लिएको थियो ।
सोमबार पोखरेलमाथिको अनुसन्धानका लागि सात दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए।
स्कुटरमा ब्राउन सुगर भेटिएपछि पक्राउ परेकी तुलसालाई म्याद थप्न प्रहरीले पठायो घोराही