मानसिक समस्या एउटा मनको प्रकृति हो। विभिन्न अध्ययनले मानसिक समस्याका धेरै कारण भनेका छन्। तर यहीँ कारण भन्ने यकिन हुन सकेको छैन।
विशेष गरेर जैविक कारण र मनोसामाजिक समस्याले मानसिक समस्या हुने ठम्याई छ।
शरीरमा चोटपटक लाग्ने, ज्वरो अनि क्यान्सरसम्मका समस्या आउँछ। यस्तो समस्या बाहिरबाट देखिन्छ तर मानसिक रोग देखिदैन।
व्यक्तिहरू अचेत अवस्थामा देखिनेदेखि अस्पतालमा भर्ना हुनेसम्मका समस्या देखिन्छन्। शरीरमा समस्या देखिँदा शरीरमा मात्रै लक्षण देखिन्छ। तर मानसिक समस्या देखिँदा व्यक्तिमा सोचाइ भावना, व्यवहार र शरीरमा समेत लक्षण देखिन्छ। जसले व्यक्तिको दैनीक कार्यक्षमतामा समेत ह्रास ल्याउँछ।
सामान्य समस्या आउँदा धेरै ह्रास आउँदैन तर जटिल समस्या देखिदा कार्यक्षमता, अन्तर सम्बन्ध र आफ्नो हेरचाहमा फरक आउँछ।
३०,४० वर्ष अघि झाडा पखलालाई वीर लागेको भनेर उपचार गरिन्थ्यो तर पछि जिवाणुको कारणले हो भनेपछि उपचार सहज भयो। मानसिक रोगलाई अझै पनि यसरीनै ब्याख्या गर्न खोजिन्छ। मानसिक समस्या भएको व्यक्तिलाई यहीँ कारणले हो भनेर एकिन हुन सक्दैन। उसको व्यवहार बोली र प्रस्तुतीमा फरक शैली देखिन्छ। त्यसले मानसिक समस्यामा परेकालाई अर्कै तरिकाले हेर्ने गरिएको छ।
त्यसले व्यक्तिमा डर देखिएको छ। अनौठा ब्यवहार देखिने भएकाले मानिसमा त्रास पस्छ जसले गर्दा यसलाई शारीरिक रोग भन्दा फरक तरिकाले हेर्ने गरिएको छ।
व्यक्तिलाई रूघा लाग्दा नाक बन्द हुने पानी बग्ने हुन्छ त्यस्तै मानसिक समस्या हुँदा सोचाइ भावना अनि शरीरमा र व्यवहारमा लक्षण देखिन्छ। यो भनेको मानसिक समस्याको लक्षण हो। जस्तो डिप्रेसन भयो भने मानिसमा नकारात्मक सोचाइ आउँछ। उसलाई निराशापन आउँछ।
मानसिक समस्याले मेरो शरीर भावना र सोचाइमा परिवर्तन आएको हो। यसमा म दोषी छैन भनेर सोच्नुपर्छ।
मानसिक समस्याको उपचार औषधि र मनोपरामर्शबाट हुन्छ। विभिन्न औषधिबाट कसरी गर्ने कुन अवस्थामा के गर्ने भनेर मनोचिकित्सक,मानसिक रोग विशेषज्ञ र मनोपरामर्शदाता भेटेर सहयोग लिनुपर्छ। मानसिक समस्या कुन अवस्थामा छ भनेर पत्ता लगाएपछि यसको उपचारको विधि पनि पत्ता लगाउन सकिन्छ र सहज रुपमा उपचार गर्न सकिन्छ।
मानसिक अस्पताल लगनखेलमा कार्यरत चीकित्सा मनोविद भुपेन्द्र सिंह गुरूङसँग हामीले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।