धनुषामा साढे २५ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरी बस्ने एक जना टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ।
धनुषाको जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा साढे २५ लाख हुण्डी रकमसहित भारततर्फ गइरहेको अवस्थामा उनीहरूलाई जटही नाकाबाट पक्राउ गरिएको एसपी रानाभाटले बताए।
भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए।