पागलपन, बहुलापन भनेको एक प्रकारको मानसिक रोग हो। हामी यसलाई कडा खालको मानसिक रोग पनि भन्छौं।
पागलपन भएको व्यक्तिलाई आफू बिरामी भएको अनुभव हुँदैन। उसलाई अरूले पिछा गरेको, शरीरमा ट्रान्समिटर राखेर नियन्त्रण गर्न खोजेकोजस्तो हुन्छ। सबैले मेराबारे सार्वजनिक रूपमा कुरा गरेका छन् भन्ने शंका लाग्छ।
संशारभरि झन्डै १ प्रतिशतलाई पागलपन हुन सक्ने सम्भावना हुन्छ। त्यसमध्ये परिवारमा कसैलाई यस्तो समस्या छ भने हुनसक्छ। मस्तिष्कमा कुनै खालको समस्या आएको छ भने पनि पागलपना हुनसक्छ। उसको सोच्ने तरिकामा भएको परिवर्तनले पनि पागलपना हुन्छ। कुनै खालको युद्धपीडित, घरेलु हिंसा वा अन्य खालका हिंसा अनि कुनै किसिमको लत छ भने यस्तो समस्या देखिन्छ।
पागलपन भएको व्यक्ति निराश र आक्रोशित दुबै हुन्छ। पागलपनको उपचार सम्भव छ। कतिपयलाई यो पूरै निको नहुन सक्छ तर उपचार गर्न सकिन्छ। औषधी खाए सुधार हुन्छ।
समाजले मानसिक समस्याको उपचार हुन्छ भन्ने अझै बुझेको छैन। पागलपन भएकालाई घृणा गर्ने अनि एक्लो बनाउने गरिन्छ। समाज र घरपरिवारको व्यवहारले उ एक्लिन्छ जसले गर्दा उसलाई असर गर्छ। त्यसैले यस्ता व्यक्तिलाई माया दिनुपर्छ, जसले गर्दा उसलाई आफू एक्लो भएको अनुभव नहोस्।
पागलपन भएकाहरू अस्पताल जान्छन् तर ढिलो जान्छन्। दुर्गम ठाउँमा त यस्तो पनि हुँदैन। कतिपय ठाउमा बाँधेरसमेत राखिन्छ। जुन गलत हो।
यो रोग आफैंमा कडा खालको रोग हो। लामो समयसम्म उपचार गर्नुपर्छ। औषधी लत लाग्ने खालको होइन। व्यक्तिको सुधारको आधारमा औषधी खानुपर्छ।
हेर्नुस् सिभिल र अल्का अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा निसिता पाठकसँगको भिडिओ कुराकानी: