सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।
उनीहरूलाई स्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैना नगरपालिका-१० स्थित कोठी बनबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएकाहरूमा कार्यालय प्रमुख श्रेष्ठ, ईन्जिनियर निर्मल पन्त, सब ईन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर रहेका छन्।
रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा पूर्व-पश्चिम राजमार्गको कोठी वनबाट नियन्त्रणमा लिइएको र उनीहरूको साथबाट स्रोत नखुलेको १ लाख ९० हजार नगद रकम बरामद गरिएको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए।