पौडी खेल्न हाइड्रोपावरको ड्याममा पसेका दाजुभाइको डुबेर मृत्यु भएको छ।
माइजोगमाई गाउँपालिका-५ सोयाङका २० वर्षीय शेखर ढकाल र उनका १८ वर्षीय भाइ प्रवीण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
उनीहरू इलाम नगरपालिका-८ मा रहेको माइबेनी हाइड्रोपावरमा कार्यरत थिए।
सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा सोमबार दिउँसो साढे १ बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।