लागुऔषध नियन्त्रण ब्युरोले तीन किलो अफिमसहित कलंकीबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ‘म्याक्स लो’ भनिने ५१ वर्षीय माइला लामा छन्।
काठमाडौं-१४ कलंकीस्थित सडक किनारबाट शनिबार ब्युरोको टोलीले लामालाई पक्राउ गरिएको ब्युरो प्रवक्ता डिएसपी फडिन्द्र प्रसाईंले बतँए।
प्रसाईंका अनुसार उनी लागुऔषधका कारोबारी हुन्। ‘सूचनाको पुष्ट्याइँ र कारोबारीको खोजीका क्रममा उनी पक्राउ परेका हुन्,’ प्रसाईंले भने, ‘लामा लामो समयदेखि लागुऔषधको कारोबारमा संलग्न रहेको बुझिन आएको छ।’
लामालाई हिरासतमा राखेर अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।