चार वर्षअघि ९ वर्षीय बालकको हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।
प्रहरीले पर्सा बहुदरमाई नगरपालिका-२ घर भई वीरगञ्ज महानगरपालिका-१४ राधेमाईका १९ वर्षीय रेयन महतो कम्करलाई पक्राउ गरेको हो।
उनीमाथि बहुदरमाई नगरपालिका-८ का ९ वर्षीय बालकमाथि हत्या गरेको आरोप छ। ती बालकको २०७३ असोज २० गते बिहान वीरगञ्ज उपमहानगरपलिका-१४ मा शव फेला परेको थियो।
उनको शव चिनीमिल आवास क्षेत्रभित्र फेला परेको थियो।
प्रहरीले अनुसन्धान गर्दा बालकको हत्या गर्नुको कारण समलैंगिक संसर्ग (गुद्वार मैथुन) हुन सक्ने प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले बताए।
आरोपितले मृतक बालकलाई मेलाबाट फकाएर लिएर गई बालकसँग संसर्ग राख्न खोजेका थिए। त्यहीक्रममा घाँटी निमोठेर मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।